sujim bazar advert

तारुकामा गोरु जुधाउने तयारी

    माघ १, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

bull-fight-nuwakot-bidur-trisuli-trishuli
Big Education Consultancy Nuwakot
global ime bank flash loan

आगामी माघेसङ्क्रान्ति एवम् मकर पर्वको अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारीलाई तीव्र बनाइएको छ ।

लामो समयदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउन व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाएको ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । दलीय सहमतिको आधारमा आलोपालो मूल समिति गठन गरी तयारी थालिएको गोरु जुधाई मेला सञ्चालनका लागि होमनाथ सिग्देलको संयोजकमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरूमा नारायण सिग्देल र रामशरण सिग्देल रहेका छन् । प्रचारप्रसार उपसमितिको गठन गरी संयोकजमा विष्णु जमकट्टेल रहेका छन् । उपसमितिको सदस्यमा नुवाकोटमा सञ्चालित रहेका सबै सञ्चारमाध्यम र क्रियाशील सञ्चारकर्मी समावेश गरिएको छ । गोरु दर्ताका लागि कुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिको सदस्यहरूमा कृष्ण श्रेष्ठ, दीपक तामाङ, शिव अधिकारी र लक्ष्मण प्रधान रहेका छन् । उपसमितिले गोरु दर्ताका लागि अहिले सम्पर्कमा आउन आग्रह गर्दै यही पुस २६ र २७ गते दुई दिन गोरु दर्ता गर्ने निर्णय गरेको ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’को अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष १५ देखि २० हल गोरु दर्ता हुने अपेक्षा राखिएको छ ।

यसैगरी मेला व्यवस्थापनका लागि ‘माघेसङ्क्रान्ती गोरु जुधाई संरक्षण संस्था’का संरक्षकसमेत रहेको वडाध्यक्ष सम्मरबहादर आलेमगरको सक्रियतामा मेलामा सहभागी हुन सवारीसाधन लिएर पुग्नेको साधन पार्किङस्थलको निर्माण, शौचालय, गोरु जुधाई जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्याङ्करमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउन तयारी मिलाइएको छ । गोरु जुधाएको जात्रामा सहभागीलाई अवलोकनका लागि सहज रूपमा हेर्न मञ्च तथा प्याराफिटको निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षक आलेमगरले जानकारी दिए ।

गोरु जुधाई मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुधाइने स्थान चन्दनीसम्म सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घन्टा बन्द हँुदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन आयोजना पक्षले सहमति दिएको छ ।

र यो पनि;
नुवाकोटको गोरु जुधाई व्यवस्थित हुँदै


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top