२०८१, १४ बैशाख शुक्रबार

सोलारबाट स्वास्थ्य चौकीमा पानी

    पुष १५ २०७४ १३:२५

Water Supply from Solar Panel in Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/सुर्यगढी गाउँपालिकामा रहेको बागेश्वरी स्वास्थ्य चौकीको लागि सोलार प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण भएको छ ।

सुर्यगढी गाउँपालिका वडा नंं ३ स्थित चाकदेमा रहेको स्वास्थ्य चौकीमा उपचार गर्न आउने विरामी र कर्मचारीको लागि खानेपानीको समस्या भएपनि सोलारबाट उत्पादित विजुली खर्च गरेर पम्प प्रणालीबाट खानेपानी योजना निर्माण भएको हो ।

युनिसेफको सहयोगमा सुर्योदय सामाजिक क्लवको संयोजनमा १० लाख रुपैयाँको लगानीमा स्वास्थ्य चौकी खानेपानी योजना सम्पन्न भएको सुर्योदय सामाजिक क्लवले जनाएको छ । खानेपानीको लागि समस्या रहेको स्वास्थ्य चौकी भन्दा २५ मिटर तल रहेको मुहानमा पानी जम्मा गर्ने ट्याङ्की निर्माण गरी जम्मा गरिएको पानीलाई सोलारको विजुलीबाट पानी तानिएको क्लवका अध्यक्ष रामहरी पाण्डेले बताउनुभयो । योजनाको लागि डेढ हर्ष पावरको पम्पबाट १५० मिटरको दूरीमा रहेको २५ मिटर उचाईमा पानी तानिएको छ । स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक निकायको लागि सोलारबाट पानी तानेर प्रयोगमा ल्याइएको यो पहिलो पटक भएको संस्थाले दावी गरेको छ ।

योजनाको आज खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्यहरुले अनुगमन गरेका छन् । अनुगमनमा स्वास्थ्य चौकीको लागि सञ्चालित खानेपानी योजनाको काम सन्तोषजनक रहेको पाइएको अनुगमनमा सहभागी खानेपानी तथा सरसफाई कार्यालय नुवाकोटका महिला कार्यकर्ता भवानी सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top