sujim advert

प्रदर्शक संस्थाद्धारा बोर्ड अध्यक्षलाई स्वागत एवं सम्मान

    पुस ४, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

प्रदर्शकको छाता संस्था चलचित्र संघले नवनियुक्त चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको नियुक्तिलाई स्वागत गरेको छ । उसले पौडेलको नियुक्तिले निर्माण, प्रदर्शन र वितरणका पाटालाई समेट्ने भन्दै खुशि समेत व्यक्त गरेको छ ।

अध्यक्ष प्रदीपकुमार उदयले अध्यक्ष पौडेललाई कार्यालयमा स्वागत गर्दै बधाइ एवं शुभकामना दिए । उनले पौडेलको कार्यकालमा मिलेर काम गर्न संघ तयार रहेको समेत बताए ।

संघले सिनेमा दर्तालाई सहज बनाउनुपर्ने, वितरणलाई सजिलो तुल्याउनुपर्ने, इ–टिकेटिङमा जोड दिनुपर्ने लगायतका माग पौडेलसमक्ष राखेको छ । जवाफमा अध्यक्ष पौडेलले आगामी विहिबार पत्रकार सम्मेलनमार्फत कार्ययोजना सार्वजनिक गर्ने बताइन् ।

संघले पौडेललाई सम्मान समेत व्यक्त गरेको छ । उक्त अवसरमा संघका पदाधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, क्यूएफएक्स सीइओ रोशन अडिगा, बरिष्ठ कलाकारहरु उपस्थित थिए । -मेरो सिनेमा


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top