sujim advert

निर्वाचन शिक्षाको लगानी वालुवामा पानी, नुवाकोटमा २० हजार मत बदर

    पुस ३, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर । निर्वाचन आयोगले मतदाता शिक्षा भन्दै करोडौं रुपैया खर्च गरेको छ । निर्वाचनमा बदर मतको संख्या घटाउने उद्देश्यले आयोगले मतदाता शिक्षाको नाममा रकम खर्चिएको हो । तर, उक्त खर्च अनुसारको मतदाता शिक्षामा मतदाताको पहुँच नपुगेको अहिले भएको निर्वाचनको मतगणनाबाट सार्वजनिक भएको छ ।

नुवाकोटमा मात्र २० हजार भन्दा धेरै मत बदर भएको छ । मतदाताहरुले हालेको मतको अबस्था हेर्दा प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन एकै पटक भएको कारण पनि मत बदर संख्या बढेको निर्वाचनका कर्मचारीहरुको बताउँछन् । समानुपातिक तर्फ दुई वटा तहको मतदानको लागि पनि मतपत्र एकै भएको कारण बदर मत धेरै भएको हो । प्रत्यक्षमा भन्दा समानुपातिकमा नुवाकोटमा मत बदर धेरै भएको छ । निर्वाचन आयोगले समानुपातिकमा प्रतिनिधी सभा र प्रदेश सभाको लागि एकै मतपत्र छापेको कारण मतदाताहरुले माथि प्रतिनिधी सभाको लागि मात्र मत संकेत गरि तल खाली राखेको मतपत्र धेरै भेटिएको छ । समानुपातिकमा प्रदेश सभाको मत सबैभन्दा धेरै बदर भएको छ । प्रदेशसभाको समानुपातिकमा झण्दै १५ प्रतिशत मत बदर भएको छ । यो राष्ट्रिय मत बदरको प्रतिशतको आधारमा धेरै उच्च हो । प्रदेशको समानुपातिकमा नुवाकोटमा २० हजार ४ सय २ मत बदर भएको छ । १ लाख ३८ हजार ६ सय ३ मतमा १४.७२ प्रतिशत मत बदर भएको हो ।

प्रतिनिधी सभाको समानुपातितर्फ १३ हजार ७ सय अर्थात ९.८८ प्रतिशत मत बदर भएको छ ।

यस्तै, प्रत्यक्षतर्फ भने समानुपातिकको तुलनामा निकै थोरै मत बदर भएको छ । समानुपातिकमा प्रदेशसभामा धेरै मत बदर भएको थियो भने प्रत्यक्षमा भने प्रतिनिधी सभामा मत धेरै बदर भएको छ । प्रत्यक्षमा प्रतिनिधी सभामा ८ हजार ४ सय ३८ मत अर्थात ६.०५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, प्रत्यको प्रदेशसभातर्फ ६ हजार ३ सय २३ मत अर्थात ४.५३ प्रतिशत मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले हरेक मतदान स्थलको लागि एक/एक जना मतदाता साक्षरताको लागि कर्मचारी खटाएको थियो । स्थानीय तह निर्वाचनमा एउटा वडामा एक जनामात्र मतदाता शिक्षाको लागि कर्मचारी खटाएको कार्यालयले स्थानीय तहको भन्दा बदर मत घटाउने उद्देश्यले थप कर्मचारी खटाए पनि बदर मतको प्रतिशत भने झनै बढेको छ । एक महिना मतदाता शिक्षा दिइने भने पनि मतदाता शिक्षाको लागि आवश्यक सामग्री समयमा नआएको कारण २० दिनमा खटाइएको थियो ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top