२०७८, ३ असार बिहीबार

ग्लोबल आईएमई बैंकको सीईओमा पौड्याल

    मंसिर २१ २०७४ १३:५०


GlobalIME CEO Janak Sharma Poudel
bidur tax

काठमाण्डौ/ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको गत बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लन्डनबाट एमबीए गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव संगालिसकेका छन् । उनले नबिल बैंकबाट आफ्नो करिअर सुरु गरेका थिए । नबिल बैंकमा ११ वर्ष काम गरेपछि उनी तत्कालीन एनआईसी बैंक, १ वर्ष लक्ष्मी बैंकमा गएका थिए । पौड्यालले तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रूपमा काम सुरु गरेका थिए । तत्कालीन ग्लोबल बैंकको सहायक महाप्रबन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कामुु प्रमुख कार्यकारी अधिकृत हँुदै उनी ग्लोबल आइएमई बैंक लि.को प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top