sujim bazar advert

मुख्य बजारमा पानी छर्किने तयारी

    कार्तिक १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Logo of Dabali Khabar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/पासाङल्हामु मार्गको नगरभित्रको सडकमा धुलो उडेर स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि नगरपालिकाले पानी छर्किने तयारी गरिरहेको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरवासीको गुनासोपछि नगरको मुख्य सडकबाट पानी छर्किन काम सुरु गर्ने तयारी भइरहेको बताएका छन् । ‘नगरवासीको गुनासोलाई ध्यान दिँदै हामीले यो काम सुरु गर्न लागेको छौँ,’ मेयर पण्डितले सुनाए, ‘नगरवासीको हरेक समस्या समाधानका लागि लाग्नु हाम्रो कर्तव्य हो, यही कर्तव्यबोध गरी काम गर्न लागेका छौँ ।’

नगरपालिकाले विदुर नगरको मुख्य बजारको रूपमा रहेको पीपलटारदेखि त्रिशूलीबजारको मार्गमा पानी छर्किने तयारी गरिरहेको छ ।

नगरपालिकाले नगरभित्र खानेपानी नपुगेका र धारा भएका पानी नआएको क्षेत्रमा ट्याङ्करबाट पानी वितरण गर्नेसमेत तयारी गरिरहेको उपमेयर गीता अर्यालले बताइन् । धुलोले अत्यधिक दुःख दिएको मात्र नभई स्वास–प्रस्वास, दम, खोकी, रुघाको समस्याले सताउन थालेको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेका छन् । पासाङल्हामु सडकको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेकाले सडक भत्काउँदा उडेको धुलोले सडक वरपरका घर, पसलले सास्ती भोगिरहेका छन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top