रसुवा । शरदऋतुको आगमनसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार यही असोज ६ गतेदेखि आजसम्म ८०० को हाराहारीमा पर्यटक आगमन भइसकेको र पर्यटकको आगमन शुल्कबापत रु २३ लाखभन्दा बढी राजश्वसमेत संकलन भइसकेको छ ।
गत चार दिन तथ्याँक हेर्दा दैनिक रुपमा ८० पर्यटक आगमन भइरहेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भएको पर्यटक अभिलेखकर्ता भेटवालले बताउनुभयो ।
इजरायल, फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क र अमेरिका लगायतका देशबाट यहाँ पर्यटक आउने गरेका छन् । तीमध्ये सबैभन्दा बढी इजरायली रहेको अभिलेखकर्ता भेटवालले जानकारी दिनुभयो ।हिमाली दृष्यावलोकनका लागि पर्यटक गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा बढी केन्द्रित हुने गरेको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया