sujim bazar advert

नेपाल चाइनिज गाइड एसोसियसन शुभारम्भ

    भदौ १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं, १५ भदौं । चिनिया भाषामा पथ प्रदर्शन गर्ने चाइनिज गाइडहरुको संगठन नेपाल चाइनिज गाइड एसोसियसनको एक समारोहका बीच राजधानीमा उद्घाटन सम्पन्न भयो । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एक समारोहका बीच सो एसोसिएसनको उद्घाटन गरे ।

समुद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री महराले पेशागत हकहितको आवाज संगठति रुपमा उठोस भन्ने उद्देश्यका साथ स्थापनका भएको संगठनको पूर्ण सफलताको कामना गर्नुभयो । नेपालमा पछिल्लो समय उत्तरी छिमेकी चिनबाट नेपालमा भ्रमणको लागि आउने चिनियाँ पर्यटकको संख्या बढ्दो मात्रामा छ । बढ्दो चिनियाँ पर्यटकसँगै नेपालमा चिनियाँ गाइडको संख्या बढिरहेको छ । चिनियाँ गाइडहरुको व्यक्तित्व विकास र हकहित संरक्षण गर्ने पवित्र उद्देश्यले एसोसियसन निर्माण गरिएको हो ।

परराष्ट्र मन्त्री महराले चाइनिज गाइडहरुले पेशागत हकहितको लागि मात्र नएर चिनिया पर्यटकलाई नेपालको कला संस्कृतिबारे सुसुचित गराएर नेपाल र चीनको बीचमा राम्रो सम्बन्ध कायम गर्न सेतुको काम गर्नुपर्ने बताए । चीन र नेपालबीचमा भृकुटीको पालादेखि नै राम्रो सम्बन्ध रहेको बताउँदै उनले नेपाल र चीनबीचमा घनिष्ट सम्बन्ध बनाइराख्न चाइनिज गाइडहरुको ठूलो योगदान रहेको जानकारी दिए । ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी भविष्यमा ठूलो पर्यटकीय स्थल बन्ने सम्भावनालाई मध्यनजर गर्दैै चीनदेखि लुम्बिनीसम्मको यात्रा सहज होस भन्ने रणनीतिक उद्देश्य राखेका छौं ।’–उनले भने । नेपाल र चीनबीच ६ वटा एयरलाइन्समार्फत जोडिए पनि सडक यातायात अन्तर्गत रेलसञ्जालमार्फत जोडिएमा छोटो समयमा नै नेपालको अर्थतन्त्रमा कायापलट गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदुत यु होङले १५ वर्ष अगाडि ८ हजारको हाराहारीमा रहेको चिनियाँ पर्यटक गत वर्षसम्ममा ११ गुणाले बढेर ९१ हजारभन्दा बढी पुगेको बताए । चिनियाँ पर्यटकको सुरक्षामा नेपाल सरकारले विशेष ध्यान दिएर सडक पूर्वाधारको विकास गर्न सकेमा थेग्नै नसक्ने चिनियाँ पर्यटक नेपाल भित्रिने जानकारी दिए । गत साता चितवन जलमग्न हुँदा फसेका १ सय भन्दा बढी पर्यटकको छोटो समयमै उद्धार गरेकोमा नेपाल सरकारको सराहना गरे । राजदुत होङले वर्षेनी १२ करोड चिनियाँ पर्यटकको रुपमा विदेश भ्रमण गरेर १ सय ९ अर्ब भन्दा बढी खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै चिनियाँ पर्यटकको खर्च गर्ने क्षमतामा वृद्धि भएकोले चीनमा बढी प्रचार प्रसार गरेर चिनियाँ पर्यटक नेपाल भित्र्याएर नेपालको आर्थिक विकास गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रम नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले २० वर्षपछि स्थानीय चुनाव भएर निकट भविष्यमै प्रदेश र संसदको समेत चुनाव हुने वातावरण बन्दै गएकोले राजनीतिक स्थिरता रहेको सन्देश विदेशीहरुलाई दिएर बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउनुपर्ने बताए ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top