भाद्र १५, विदुर । जिल्ला निर्वचान कार्यालय, नुवाकोटले गत श्रावण १ देखि भाद्र ३ गतेसम्म लिएको नयाँ फोटोसहितको मतदाता नामावली प्रकाशित गरी अध्यावधिक कार्यक्रम राखेको छ ।
नयाँ दर्ता भएको फोटोसहितको मतदाता नामावलीमा यहि मिति २०७४।५।१६ र १७ गतेभित्र मतदाता नामावलीमा नाम सच्याउन, उजुरी दिन, दोहोरो नाम हटाउन निवेदन दिन, नाम हटाउन र मतदाता नामावलीमा मृत्यू वा रद्ध भएको कारणबाट नाम हटाउन सकिने निर्वाचन अधिकृत जनार्दन अधिकारीले बताए ।
नयाँ दर्ता भएको नामावली हेर्न जिल्ला निर्वचान कार्यालय, नुवाकोट मै पुगेर मतदाता नामावलीको विधुतियकपि आफैले नै हेर्न सकिने व्यवस्था गरिएको अधिकारीले बताए ।
फोटोसहितको मतदाता नामावलीमा ८ हजार ९ सय ३९ महिला र १० हजार ४ सय ९० पुरुष गरी १९ हजार ४ सय ३१ जनाले नाम दर्ता गराएका थिए ।
र यो पनि,
नुवाकोटबाट २० हजारले नाम दर्ता गराए (सुचीसहित)
प्रतिक्रिया