sujim bazar advert

अनाधिकृत रुपमा बालुवा उत्खनन् नगर्ने, नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट जिल्लाका कुनै पनि नदी तथा खोलाहरुबाट बर्षादको (आषाढ, श्रावण र भद्र महिना) समयमा बालुवा संकलन गर्ने तथा सो बालुवा ओसार पसार गर्ने सम्बन्धमाा नेपाल सरकारको निर्णय अनुसार निषेध गरिएको व्यहोरा बिदितै छ । तर पनि त्रिशुली, तादी र लिखु लगायत अन्य खोलाहरुका किनार तथा वहाव क्षेत्रभित्रबाट बालुवा उत्खनन् गरी चोरी निकासी भैरहेको भन्ने ब्यापक जन-गुनासो प्राप्त भएको सन्दर्भमा उल्लेखित नदी तथा खोलाहरुको किनार, बहाव क्षेत्र वा कहि कतैबाट कोही कसैले बालुवा संकलन, उतखनन् र ओसार पसार नगर्न नगराउन हुन यसै सूचना मार्फत सूचित गरिन्छ । यदि यो सूचनाको बर्खिलाप गरेको पाइएमा कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत सूचित गरिन्छ ।

साथै जिल्ला बिकास समितिले चालु आर्थिक बर्ष २०७३/०७४ को लागि आन्तरिक आय संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्दा यी र यस्ता खालका बस्तुहरुको बिक्रि तथा निकासीलाई समावेश गरेको नभई दर्तावाला खानी, क्रसर उद्योग, वासिङ उद्योग, निर्माणधिन सडक आयोजनाहरुमा हुने ग्राभेलिङ तथा बर्षादमा थुपारेको माल बस्तुहरु बर्षाद पछि अनुमति लिएर गरिने संकलन तथा उत्खनन् गरिएका बस्तुहरुमा मात्र कर संकलन हुने ब्यहोरा सम्बन्धित फर्म तथा सबै सरोकारवालाहरुलाई सूचित गरिन्छ । यस्ता अबैध र अनाधिकृत रुपमा हुने उत्खनन् र संकलन कार्य रोकथामका लागि जिल्लामा क्रियाशिल राजनितिक दल, नागरिक समाज, स्थानीय प्रशासन/प्रहरी, स्थानीय निकाय, गैरसरकारी संस्था, स्थानीय संघसंस्थाहरुबाट समेत आवश्यक सहयोगका लागि हार्दिक अनुरोध गरिन्छ ।

 

DDC Nuwakotनेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
विदुर-४, नुवाकोट
फोन: ५६०१९७

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top