sujim bazar advert

लाङटाङ खतरामुक्त

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विनासकारी भुकम्पका बेला ठूलो मानवीय क्षति व्यहोरेको रसुवाको लाङटाङ १५ महिनापछि खतरामुक्त भएको छ ।

हिमपहिरोले मावन बस्ती नै पुरिएर मरुभूमिझैँ बनेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहजता भएको छ भने यहाँका बासिन्दाहरु विस्तारै पूरानै लयमा फर्कँदै छन् ।

लाङटाङमा आन्तरिक तथा वाह्य पर्यटकसमेत जान थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले वताए । भुकम्पका बेला लाङटाङका दुई सय जनालाई स्थानान्तरण गरी सदरमुकाम धुन्चे र काठमाडौको स्वयम्भु लगिएकोमा हाल आधा भन्दा धेरै विस्थापित लाङटाङमै फर्किएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

अब पैदल हिँड्न समस्या हुँदैन, मानविय र प्राकृतिक खतरा पनि छैन ।

मौसम सफा रहेका वेला हेलिकप्टरमार्फत निर्माण सामग्री स्थानीयवासीले ओसारेर घर निर्माणका साथै अन्य सामान ओसार्ने काम गरिरहेको प्रशासनले जनाएको छ । स्थानीय र विदेशी तथा स्वदेशी पर्यटकहरु गरी पाँचसय भन्दा बढी नागरिककको मृत्यु भएको घटनापछि उजाड बनेको यो बस्तीबाट थातथलो छोडेर हिँडेका बाँचेका बाँकी स्थानियहरु पनि अहिले गाउँ फर्किसकेका छन् ।

लाङटाङमा अचेल दैनिक १० जना विदेशी पर्यटक दैनिक रुप गइरहेका छन् । स्वर्ग झैं प्राकृतिक सुन्दरताको खानी लाङटाङलाई पहिलेजस्तै ब्युँताउने अठोटका साथ दैनिकी सहज बनाउने प्रयासमा स्थानीयहरु जुटिरहेका छन् ।

जिल्ला प्राविधिक कार्यालय रसुवाका अनुसार लाङटाङ पदमार्ग मर्मत÷निर्माणपछि स्याफ्रुबेंसी–खामजिङ–सेर्पागाउँ–रिम्चे हुँदै लाङटाङ क्याङ्जेनसम्म यात्रा गर्न सहज वातावरण भइसकेको छ ।

पैदल मार्गको स्थलगत निरीक्षणपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्य भूकम्पले क्षति पुर्याउँदा तत्कालीन अवस्थामा मानवीय उद्धार कार्यक्रम अन्तर्गत पहिले १ सय १६ घर परिवारका ४ सय ९६ जनालाई हेलिकोप्टरबाट धुन्चेसम्म ल्याउने लैजाने व्यवस्था गरिएको प्रजिअ अधिकारीले वताए । हाल जिविस रसुवा मार्फत लाङटाङ खोलाको असहज गहिरो खोंचको बाटालाई छाडी सुरक्षित क्षेत्रको उक्त स्थानको पैदल मार्ग मर्मत निर्माण गरी स्थानीयवासी र पर्यटकको ओहरदोहरमा सहज बनाइएको छ । ‘भूकम्पसँगै आएको पहिराले पुरेको लाङटाङ गाउँ हेर्न आतुर रहेका सयौँ पर्यटक बाटामा ओहोरदोहर गरिरहेको अवस्थामा भेट्यौँ’, रसुवाका प्रहरी प्रमुख अवदेश विष्टले भने, ‘अब पैदल हिँड्न समस्या हुँदैन, मानविय र प्राकृतिक खतरा पनि छैन ।’

भूकम्पपछि पर्यटकलाई लाङटाङ जान सरकारले अनुमति नदिए पनि आफ्नै हिसाबले मात्र पर्यटक जाने गरेको बताइएको छ । यस्तै भदौ महिनामा आफ्नो थातथलो फर्केका लाङटाङवासीलाई केही गैससको सहयोगमा हेलिकोप्टरले जस्तापाता लगायतका सामग्री ढुवानीमा निरन्तरता दिइरहेको स्थानीय बासिन्दाले बताए ।

हिम पहिरोले बेपत्ता भएका एकसय ५ मध्ये लाङटाङ क्षेत्रमा केही महिना अघिसम्म २३ वटा मानव कंकाल पहिरोबाट फेला पारिएको थियो । रसुवामा भूकम्पपछि आएको हिम पहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेकोमा त्यस मध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र वेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय रसुवाले जनाए अनुसार अझैँ स्वदेशी र विदेशी पर्यटक गरी ८२ जनाको शव भेटिन बाँकी छ ।

स्थानीयवासीले लाङटाङ पुर्ननिर्माण समिति नै गठन गरेर पहिरोले पुरिएका घर पुर्ननिर्माण गरिरहेको स्थानीय युवा दावा तामाङले वताए । लाङटाङ सदरमुकाम धुन्चेदेखि दुई दिनको पैदलमा रहेको कारण निर्माण सामग्री बोकाएर लैजान समस्या भएको उनको दुःखेसो रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top