२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

पासाङल्हामु मार्गमा अतिक्रमण बढ्दो

    असार २६ २०७३ ०८:२९

pratik book and stationery center in nuwakot

विदुर, मापदण्ड विपरित पासाङल्हामु मार्ग सडक खण्डको नुवाकोट र रसुवाका विभिन्न स्थानमा व्यापक रुपमा सडक अतिक्रमण भएको छ ।

नियमनकारी निकायले आवश्यक कारवाही नगर्दा वढेको अतिक्रमणले सडक दुर्घटनासमेत मौलाएको छ । नुवाकोटको सदरमुकाम बिदुरलगायत अन्य क्षेत्रमा रहेको मुख्य सडकखण्डमा स्थानीयले सडक ऐनको उल्लंघन गर्दै मापदण्ड मिचेर निमार्ण सामाग्री राख्ने घर बनाउने तथा स्थानीय खुद्रा व्यापारीलगायत सब्जी व्यापारी तथा ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ ।

पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ तथा त्रिशूली–धुन्चे सडक खण्डमा सडक अतिक्रमण भइरहेको छ । सडक अतिक्रमण हटाउनका लागि डिभिजनल सडक कार्यालयलगायत अन्य निकाय मौन रहेका छन् । सडक अतिक्रमणले सडक तथा वजारको सौन्दर्य नै हराउनुका साथै सडक दुर्घटनासमेत वढिरहेको सडक सरोकार समितिका अध्यक्ष तथा विदुरका उपभोक्ता इन्द्रवहादुर पण्डितले वताए ।

सडक ऐन अन्र्तगत पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ तथा त्रिशूली–धुन्चे सडक खण्डमा सडकको दायांवाया सडकको वीचवाट १५/१५ मिटर छाडेर मात्र अस्थायी संरचना वनाउनु पर्ने डिभिजनल सडक कार्यालय नं. ५ नुवाकोटले जनाएको छ । तर, सर्वसाधारणले सडकको दायावाया वीचवाट १५÷१५ मिटर नछाडि स्थायी संरचना वनाउंदासमेत हटाउन नसकेको सडक कार्यालयले जनाएको छ ।

प्रहरी तथा प्रशासनले सडक अतिक्रमण हटाउन सकयोग पुर्याउनु पर्ने सडक कार्यालयका प्राविधिकहरुको तर्क रहेको छ । सडक अतिक्रमण हुंदा ७० किलोमिटर दुरीको त्रिशूली–काठमाडौ तथा ४५ किलोमिटर दुरीको त्रिशूली–धुन्चे सडक खण्ड जोखिमयुक्त वन्दै गइरहेका छन् ।

यसका साथै १७ किलोमिटर दुरीको गल्छी–देवीघाट, २० किलोमिटर दुरीको गंगटे– छहरे तथा छहरे–टोखा सडकसमेत अतिक्रमणको सिकार भएका छन् । सर्वसाधारणले मुख्य सडकखण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले पसल सञ्चालन तथा संरचना निर्माण गर्दा यातायातका साधन दैनिकरुपमा सञ्चालन गर्न कठिन हुँदै गएको यातायात व्यवसायीले बताएका छन् ।

गत वर्षको बैशाख १२ गतेको विनासकारी महाभुकम्पले बिभिन्न संरचना भत्काएपछि पुनःनिमार्णमा लागेका सर्बसाधारणले सडकको किनारामा नै निमार्ण सामग्री थुर्पादा सडक अतिक्रमणले झन उग्र रुप लिएको छ । नुवाकोटको सदरमुकाम विदुर लगायत बट्टार, त्रिशूली, कोलोनी, पिपलटार, गंगटे, माझीटार, देवीटघाटलगायत रसुवाको वेत्रावति, कालिकास्थान, धुन्च, स्याफ्रुवेशी, राम्चे लगायतका स्थानमा निमार्ण सामाग्री थुपारेर सडक अतिक्रमण गरेको पाइएको छ ।

– देवचन्द्र भट्ट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top