+
Search

ताजा अपडेट +

पपुलर +

लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा क्षेत्रपाल मावि प्रथम

डबली खबर
१ मिनेट अगाडी

मङ्सिर ८, नुवाकोट । लिखु गाउँपालिकाको आयोजनामा मङ्सिर ४ गतेदेखि सञ्चालन भएको नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालयले १७ स्वर्ण र ७ रजत गरी कुल २४ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ।

नारायणदेवी माध्यमिक विद्यालय १० स्वर्ण, ७ रजत र ३ कांस्य गरी कुल २० पदकसहित दोस्रो भएको छ भने महेन्द्र महेशदेव माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ७ कांस्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

प्रथम टोलीलाई नगद १५ हजार रुपैयाँ, मेडल र ट्रफी, दोस्रोलाई १२ हजार रुपैयाँ, मेडल र ट्रफी तथा तेस्रोलाई ९ हजार रुपैयाँ, मेडल र ट्रफी प्रदान गरिएको छ। सबै विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी दिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ