१० वैशाख, नुवाकोट । विदुर नगरपालिकाले स्थानीय किसानहरूको आर्थिकस्तर सुधार्न र उपभोक्तालाई स्वस्थकर उत्पादन उपलब्ध गराउने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ।
नगरपालिकाको वडा नम्बर ४ बट्टारस्थित हावाघरमा आयोजित एक विशेष कार्यक्रमका बीच नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्त रूपमा यस बजारको उद्घाटन गरेका हुन् ।
स्थानीय कृषि, हस्तकला, घरेलु उद्योगको उत्पादनलाई सरल, सहज र सहुलियत शुल्कमा उपभोक्ता समक्ष पुर्याउनलाई सहयोग पुर्याउने उद्देष्यले उक्त हाटबजार सञ्चालनमा गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
यो हाटबजार अबदेखि नियमित रूपमा हप्ताको दुई दिन दुई फरक स्थानमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। हरेक शनिबार वडा नम्बर ९ को कार्यालय परिसर (कोलनी) मा र हरेक आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म बट्टार हावाघरमा बजार लाग्नेछ।
हाटबजारले किसान र उपभोक्ताबीचको प्रत्यक्ष कारोबार र बजारमा बिचौलियाको भूमिका शून्य हुने जनाएको छ।
प्रतिक्रिया