+
Search

ताजा अपडेट +

पपुलर +

ग्याल्पो ल्होसारले गर्विलो इतिहास र राष्ट्रिय साँस्कृतिक महत्व झल्काएको छ: नेफिन

Federation of Indigenous Peoples of Nepal
डबली खबर
२ महिना अगाडी

६ फागुन, नुवाकोट । नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायहरू शेर्पा, भोटे, वालुङ, सियार, तोप्केगोला, डोल्पो र ल्होमी (शिङ्सा)ले आफ्नो मुख्य सांस्कृतिक चाड एवं नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइरहेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय परिषद्का अध्यक्ष गेल्जे लामा शेर्पा र महासचिव दिवस राईद्वारा संयुक्तरुपमा दिएको शुभकामनामा हिमाली आदिवासी जनजातिहरुको मुख्य साँस्कृतिक चाड ग्याल्पो ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहेका समग्र आदिवासी जनजाति समुदाय तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेको छ ।

शुभकामनामा भनिएको छ “आजको दिन विशेषगरि नेपालका आदिवासी जनजाति शेर्पा, भोटे, वालुङ, सियार, तोप्केगोला, डोल्पो र ल्होमी (शिसा) समुदायले आफ्नो मुख्य मौलिक साँस्कृतिक चाड र नयाँ वर्षको उत्सवको रूपमा ल्होसारलाई मनाउने गर्दछन । ग्याल्पो ल्होसारको अवसरमा देशको विभिन्न स्थानहरुमा भव्य मेला महोत्सवहरुको आयोजना हुने गर्दछन् । महोत्सवमा साँस्कृतिक कार्यक्रम लगायत एक अर्का विच भावनात्मक रूपमा भाइचराको सम्बन्ध स्थापित गर्दै शुभकामना आदान प्रदान गरि हर्षोउल्लासका साथ ग्याल्पो ल्होसार मनाउने गरिन्छ । यहि भएर ग्याल्पो ल्होसारले नेपालको साँस्कृतिक विविधतालाई विश्वसामु झल्काउदै राष्ट्रिय एकता र नेपाली मौलिक साँस्कृतिक पहिचानलाई बलियो ढंगले स्थापित
गरेको छ ।”

यसैगरी, नेपालका आदिवासी जनजातिहरुको विविधतायुक्त संस्कृती नै नेपालको विशिष्ट मौलिक पहिचान रहेको उल्लेख गरेको छ । हाम्रो भाषा, धर्म, संस्कृती, परम्परागत ज्ञान सिप र जीवनप्रणाली नै आदिवासी जनजातिको जीवन्त पहिचान हो । नेपालका मौलिक पहिचानयुक्त विशिष्ट संस्कृतिहरु मध्ये शेर्पा, भोटे, वालुङ, सियार, तोप्केगोला, डोल्पो र ल्होमी (शिङ्सा) समुदायको मुख्य साँस्कृतिक चाड ग्याल्पो ल्होसारले गर्विलो इतिहास र राष्ट्रिय साँस्कृतिक महत्व झल्काएको छ ।

प्रत्येक वर्ष मनाइने यस प्रकारका चाडपर्वहरुले हाम्रो संस्कृतिको निरन्तरता त दिन्छ नै साथै हामी आदिवासी जनजाति समुदायहरु विच हार्दिकता, भावनात्मक एकता र आत्मियता पनि सुदृढ गर्दछ भन्ने विश्वास व्यक्त गर्दै पुनः ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ