+
Search

ताजा अपडेट +

पपुलर +

एकादशी मेलाको तयारीमा वडा कार्यालय

डबली खबर
६ महिना अगाडी

१० कार्तिक, नुवाकोट। म्यागङ गाउँपालिका वडा नम्बर २ ले बुढताङमा परापूर्वकालदेखि लाग्दै आएको ठूलो एकादशी मेलाको लागि तयारी र व्यवस्थापनमा जुट्न सबैलाई आग्रह गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचना अनुसार, वडा नं. २ को बुढताङमा रहेको म्यागङ सिद्धमहादेव तिर्थस्थलमा ठूलो एकादशीको अवसरमा लाग्ने मेला मनाउनको लागि सबैमा सहकार्य गर्न अनुरोध गरेको हो ।

वडा अध्यक्ष सन्द वीर तामाङद्वारा जारी गरिएको सूचनामा तिर्थस्थलमा आउने सम्पूर्ण भक्तजनहरूलाई आफ्नो घरछिमेक र बाटोहरू सरसफाइ गरी असल नागरिकको पहिचानसहित हर्षोल्लासका साथ जात्रा मनाउन अनुरोध गरिएको छ।

मेलास्थल वरपर पसल राख्ने व्यक्तिहरूले आफ्नो पसलबाट निस्केको फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने छ। साथै, वडा कार्यालयले सिसी, जर्किन र पेय पदार्थ पूर्ण रूपमा बन्देज गरिएको जानकारी गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ