+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली सुगतपुर विहारमा कथिन दान

kathin daan in Trishuli Sugatpur Vihar Nuwakot
डबली खबर
८ महिना अगाडी

३० असोज, नुवाकोट । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन उत्सव विदुर नगरपालिका-१ त्रिशूलीस्थित सुगतपुर विहारमा सम्पन्न भएको छ ।

कथिन दानका प्रमुख भिक्षु सारद स्थविरले तीन महिनासम्म वर्षावास गरेको अवसरमा बिहीबार कथिन दाताहरूद्वारा शोभायात्रासहित कथिन चिवर दान उत्सवको आयोजना गरिएको सुगत बिहार संरक्षण समितिका अध्यक्ष आनन्द शाक्यले बताए ।

कथिन चिवर दान हरेक वर्ष तीन महिनाको वर्षावास अधिष्ठान गरी, असार पूर्णिमाको दिन संघ उपोसथ गरेपछि सुरु भई आश्विन पूर्णिमामा विनयपूर्वक सम्पन्न गरिन्छ।

बुद्ध वन्दनाको लय र स्थानीय बाजासहित श्रद्धालुहरूको लावालस्करले स्थानीय क्षेत्रमा रौनकता छाएको थियो।

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन उत्सवका कारण नुवाकोटसहित देशभरका विभिन्न स्थानमा रहेका विहारहरूमा यस पर्वको रौनकता छाएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ