९ भदौ, नुवाकोट । नेपाली विद्युतीय सवारीसाधन वितरक सिजी मोटर्सको नयाँ मर्मत केन्द्र नुवाकोटको त्रिशूलीमा सञ्चालनमा आएको छ ।
यो नुवाकोटमा सिजी मोटर्सद्वारा स्थापना गरिएको पहिलो सेवा केन्द्र हो । जसको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका हुन् ।
टिमुरे यातायात अन्तर्गतका सात जनाको समुहले करिब ५० लाखको लागतमा कम्पनीले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै सोमबार अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरिएको नुवाकोट इ-सर्भिसिङ्ग सेन्टर प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख बोगटी, १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्जित, सञ्चारकर्मीहरू, सिजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया