११ साउन, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व सन्तोष उप्रेतीले आफ्नो जन्मदिन बालकहरुसँग मनाएका छन् ।
होटल व्यवसायी महासंघ नेपालको पर्यटन उपाध्यक्ष र नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले जन्मदिनको अवसरमा आईतबार सदरमुकाम विदुरमा रहेको छात्राबासमा पुगेर उप्रेतीले आफ्नो जन्मदिन मनाएका हुन् ।
उप्रेतीले आमाको माया छात्राबासमा बस्दै आएका २० जना बालकहरुमाझ केक काटेर आफ्नो जन्मदिन मनाएका छन् ।
जन्मदिन मनाउन फजुल खर्चलाई निरुत्साहित गर्न आफुले यसरी जन्मदिन मनाएको उप्रेतीले बताए । उप्रेतीले छात्राबासमा आवश्यक रेफ्रिजिरेटर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उप्रेतीले छात्राबासका बालकहरुका लागि खाजाको समेत व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया