+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा मनाईयो सिन्दूरे जात्रा

sindure jatra celebrated in Nuwakot Bhairavi Temple
डबली खबर
१ साल अगाडी

वैशाख १, डबली । नुवाकोटको प्रमुख सांस्कृतिक एवं धार्मिक महत्व बोकेको सिन्दूरे जात्रा मनाईएको छ ।

भैरवी वर्षबन्धनको मुख्य आकर्षण आज सोमबार नुवाकोटको भैरवी मन्दिर परिसरमा रहेको महिषमर्दिनी मन्दिर अगाडी सिन्दूर लगाएर भव्यताको साथ मनाइएको हो ।

आइतवार मध्यरातमा देवीघाट जालापदेवी मन्दिरबाट फर्किएका धामी हरिमानसिंह डङ्गोल र धमिनी ज्ञानुमायाँ डङ्गोल र रथ (खट)लाई (आज) भैरवी मन्दिरमा आएपछि सिन्दुर हालेर जात्रा मनाउने गरिन्छ ।

धरमपानीबाट धामी धमिनीसहितको रथ (खट) यात्रा भैरवी मन्दिरमा पुगेपछि विधिवतरुपमा गुभाजु (पुजारी)ले पुजाआजा गरेपछि एक अर्कामा सिन्दुर खेलेर मनाईने नेपाल सरकारका प्रतिनिधि (द्वारे) नुवाकोट दरबार मौला अमालका प्रमुख महेन्द्रकुमार शाहीले बताए । यो रथ (खट) यात्रा तलेजु भवानीको मन्दिरमा पुगेर पुजाआजा गरी पुनः भैरवीको मन्दिरमा ल्याईने चलन रहेको उनले जानकारी दिए ।

नुवाकोटको भैरवी मन्दिर र देवीघाटको जालपा मन्दिरमा हरेक बर्ष मनाइने यो मेला चैत्र शुक्ल पूर्णिमा तिथिमा देवीघाटस्थित जालपादेवी मन्दिरमा भव्य जात्रा हुने गर्दछ ।

जात्राका लागि सूर्यगढी गाउँपालिकाका लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एवम् सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पुर्‍याइएको भैरवीदेवीको रथ ‘फिर्ती सवार’ गराएर धरमपानीमा पुर्‍याइएको थियो ।

जीवित देवताको रुपमा मानिने धामीले मध्यरातमा जीवित पशुको बली खाई देशको भविष्यवाणी गर्ने परम्परा छ । धामीले गरेको भविष्यबाणी राष्ट्र प्रमुख समक्ष पुर्याउने चलन छ ।

फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमीसम्म चल्ने गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ