१३ फागुन, नुवाकोट । महाशिवरात्रीको अवसरमा रुद्रेश्वर महादेव मन्दिर सरसफाई गरिएको छ ।
रुद्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा भएको विदुर नगरपालिका-२ विदुरस्थित रावलधारा र मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
मन्दिर परिसरमा शिव धुनी जगाउने र शिवको पुजाआजा आयोजना गर्नको लागि मन्दिर क्षेत्र सरसफाई गरिएको स्थानीय राजेन्द्र पाण्डेले बताए ।
सरसफाईको साथै मन्दिर पनि सजावट गरिएको समितिका सदस्य मञ्जु श्रेष्ठले जानकारी दिईन् ।
सरसफाईमा नेपाल प्रहरी, पूर्व प्रहरी संगठन नुवाकोट, विदुर सिटि युथ क्लब, विदुर युवा रेडक्रस सर्कल, वनदेवी सामुदायिक उपभोक्ता समुह र विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्य रहेको थियो ।
सरसफाईमा आयोजक संस्थाका सदस्य र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया