+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगतकट्टाको लागि बजेट विनियोजन

लगतकट्टाको लागि बजेट विनियोजन
डबली खबर
१ साल अगाडी

२ पुस, नुवाकोट । विदुर नगरपालिकाले सडक डिभिजन, मालपोत र नापीलाई स्थानीय तहसँग समन्वय गरी राजमार्ग, शहरी विकासअन्तर्गतका सडक, ढल तथा नाली व्यक्तिको नाममा रहेको जग्गालाई लगतकट्टा गर्न बजेट विनियोजन गरेको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले कार्तिक महिनाको नगर बैठकबाट पारित भएको निर्णयअनुसार परीक्षणको क्रममा नगरका दुई वडाहरु १ र ५ बाट सरकारी बजेट पर्ने योजनामा लगतकट्टा गरी मात्र कार्य अघि बढाईने जानकारी दिए । चालुआर्थिक वर्ष र विगतका योजनाहरुको समेत लगत कट्टा गरिने कार्य परीक्षणको लागि ती दुई वडाहरुमा तीन लाख रुपैँया बजेट विनियोजन गरिसकेको उनले जानकारी दिए । जग्गा कित्ताकाट गर्न बजेट र नीतिगत कार्यक्रमको अभाव भएको उनको भनाइ छ ।

नगरपालिका क्षेत्रभित्र निर्माण भएका सार्वजनिक संरचनाहरुको नक्सापास, योजनामा बजेट, मर्मतलगायतका कार्यमा समेत लगतकट्टा कार्यलाई तदाकरुताका साथ कार्यन्वयन गरिने उनले बताए ।

जग्गा भोगचलनबाट वञ्चित भए पनि नागरिकले नियमित तिरो तिरिरहेकै हुनाले चालु आवदेखि लगतकट्टा गरी कार्यान्वन गरिने उनले बताए । योजनाहरु उपभोक्ता समिति र नगरस्तरीय योजनाहरु पनि सोहि निर्णय बमोजिम हुने उनले बताए ।

चालुआर्थिक वर्षमा यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, खानेपानी तथा सरसफाई र अन्य शिर्षकमा विदुर नगरपालिकाको वडा नम्बर १ र ५ मा ७० लाख र ७५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ