+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी शिक्षकले सजिलै कर्जा पाउने

डबली खबर
१ साल अगाडी

काठमाडौं – नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । गएको मंगलबारका दिन प्रहरी प्रधान कार्यालयमा उक्त द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका थिए ।

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहुलियतसहितको विभिन्न सुविधा रहने तलबी खाता खोलि बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैकिंग सूविधा पाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ