+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटे टाइगर बने रिङ्ग रेस्लिङ्ग च्याम्पियन

nuwakote tiger win second madan bhandari ring wrestling
डबली खबर
२ साल अगाडी

विदुर – दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग राष्ट्रिय प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा शनिबार भएको मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् ।

जितसँगै नुवाकोटे टाइगरले नगद १ लाख ५ हजारसहित च्याम्पियन बेल्ट प्राप्त गरेका छन् ।

हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइनविरुद्धको भिडन्त जित्दै ७५ हजार हात पारे ।

मिडल वेट च्याम्पियनतर्फ साइनले डेभिडलाई हराए । उनले ७० हजार जिते ।

महिलातर्फ लाइटवेट भिडन्तमा तन्नुले आकृतिलाई हराइन् । उनले ६० हजार हात पारिन् ।

पुरुष लाइटवेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एन्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एन्ड सुजल टिमले ५० हजार हात पार्न सफल भए ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नारासाथ भएको प्रतियोगितामा विजेताले नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ