२८ वैशाख, नुवाकोट । ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि बागमती प्रदेशको मुख्य प्रशिक्षक पदमा नुवाकोटका चन्दन घले नियुक्त भएका छन् ।
खेलकुद क्षेत्रमा दशकौँदेखि अथक साधकका रूपमा क्रियाशील घलेको यो नियुक्तिलाई जिल्लाको खेलकुद इतिहासमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले बताए ।
घलेले वर्षौंदेखि अनुशासन, इमान्दारिता र समर्पणका साथ खेलाडी उत्पादनमा पुर्याएकै कारण आज नुवाकोटले राष्ट्रियस्तरको ब्याडमिन्टनमा आफ्नो बलियो पहिचान स्थापित गर्न सफल भएको अध्यक्ष गुरुङले बताए ।
विदुर नगरपालिका–१ त्रिशूलीका प्रतिभाशाली राष्ट्रिय खेलाडी विवेक जोशी राष्ट्रिय ब्याडमिन्टन खेलाडीको रुपमा चयन भएका छन् ।
यस्तै, राष्ट्रिय प्रतियोगिताको छनोटमा ककनी गाउँपालिकाका ई. सुराज लामा, म्यागङ गाउँपालिकाकी रश्मिता तामाङ र किस्पाङ गाउँपालिकाकी सिर्जना तामाङको सफलताले नुवाकोटको विविधता र खेल प्रतिभालाई राष्ट्रिय मञ्चमा उजागर गरेको नुवाकोट ब्याडमिन्टन सङ्घले जनाएको छ।
प्रतिक्रिया