१७ फागुन, पिपलटार । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले सञ्चालन गरेको दोस्रो स्वर्णविन्दु प्राशन कार्यक्रममा ४५५ जना बालबालिकाहरूले सेवन गरेका छन् ।
एक वर्षदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा बालिका २०५ जना र बालक २५० जना गरी कुल ४५५ जना बालबालिकाले सेवन गरेको चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए ।
कार्यक्रममा १२७ जना बालबालिकाले पहिलो पटक यो सेवन गरेका थिए । ३२८ जना बालबालिकाले यसअघि पनि सेवन गरिसकेका थिए र आज पुनः सहभागी भएका उनले जानकारी दिए ।
आयुर्वेदमा स्वर्णविन्दु प्राशनलाई बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने, स्मरण शक्ति तीक्ष्ण बनाउने र शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउने एक महत्त्वपूर्ण विधिको रूपमा लिइन्छ।
चिकित्सालयका सूचना अधिकारी नारायणप्रसाद वस्तीका अनुसार आगामी स्वर्णविन्दु प्राशन कार्यक्रम आगामी चैत्र १४ गते शनिबार सञ्चालन हुनेछ। अभिभावकहरूलाई आफ्ना बालबालिकासहित उक्त दिन सेवा लिन अनुरोध गरिएको छ ।



















प्रतिक्रिया