+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सुरु, ४६० बालबालिका लाभान्वित

Swarnabindu Prashan program launched in Nuwakot 460 children benefit
डबली खबर
३ महिना अगाडी

१८ माघ, विदुर । बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा पहिलोपटक निःशुल्क ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटको आयोजनामा भएको यस कार्यक्रममा जिल्लाका १ वर्षदेखि ५ वर्ष उमेर समूहका कुल ४६० जना बालबालिकाहरू सहभागी भएको चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए।

कार्यक्रमबाट लाभान्वित हुने बालबालिकाहरूमा २३७ जना बालक र २२३ जना बालिका रहेको उनले जानकारी दिए ।

बालबालिकाको सर्वाङ्गिण शारीरिक तथा मानसिक वृद्धि विकासका लागि उक्त कार्यक्रम लाभदायी रहेको उनले बताए ।

बालबालिकाको समग्र स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु गरिएको कार्यक्रमले अभिभावकहरूमा उत्साह थपेको छ। विशेषगरी सानै उमेरदेखि बालबालिकाको प्राकृतिक रूपमा स्वास्थ्य रक्षा गर्न आयुर्वेदको यो पद्धति निकै प्रभावकारी मानिन्छ।

यो कार्यक्रम पुष्य नक्षत्रका दिनहरूमा नियमित रूपमा सञ्चालन गरिने उनले बताए। कार्यक्रम आगामी फागुन १६ गते र चैत १४ गते पनि सञ्चालन हुनेछ। यसैगरी, कार्यक्रम २०८३ वैशाख १० गते, जेठ ६ गते र असार ३ गते सञ्चालन हुनेछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ