+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सवमा करिब पाँच करोडको कारोबार

9th Nuwakot Mahotsav
डबली खबर
३ महिना अगाडी

१८ माघ, विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको नवौं नुवाकोट महोत्सवमा पाँच करोडको कारोबार भएको जनाएको छ ।

महोत्सव समापन कार्यक्रममा सङ्घका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले करिब पाँच करोडको कारोबार भएको जानकारी दिएका हुन् ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले महोत्सवको औपचारिक रुपमा समापन गरेका हुन् ।

यसैगरी समापन कार्यक्रममा लिखु गाउँपालिका-४ चौघडाका रामचन्द्र अगस्तीलाई सम्मान गरेको छ। वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि कर्म गरी कुभिन्डो खेती तथा अर्गानिक तरकारी खेती तथा कृषि औजारको विकास विस्तार एवम् प्रबर्द्धनमा सक्रिय भएका अगस्तीलाई सम्मान गरिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

महोत्सवमा कृषि उत्पादन प्रदर्शनीतर्फ तादी गाउँपालिका-५ का प्रकाश राजभण्डारी प्रथम, विदुर नगरपालिका-३ स्थित सीता कृषि तथा पशुपन्छी फर्म द्वितीय र ककनी गाउँपालिकाका काफलडाँडा स्ट्रबेरी फर्म तृतीय भएको सङ्घका प्रथम उपाध्यक्ष तथा कृषि प्रदर्शनी व्यवस्थापन उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै, घरेलु लघु उद्यमतर्फ मिनकुमार कुमाल (माटोको भाँडा बनाउने) प्रथम, ईश्वरी दुना टपरी उद्योग द्वितीय र हस्तकला ढाका झोला उद्योग तृतीय भएका छन् ।

महोत्सव अवधिमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता र जिल्लास्तरीय लोकदोहोरी आयोजना गरिएको थियो ।

महोत्सवमा करिब २५० ओटा स्टलहरुमा कृषि तथा घरेलु उत्पादनदेखि अन्तर्राष्ट्रिय ब्राण्डका अटोमोबाइलहरू समेत प्रदर्शनीमा राखिएको सङ्घका प्रवक्ता सुमन भण्डारीले बताए ।

महोत्सव अवधिभर स्थानीय र राष्ट्रिय कलाकारहरुले मनोरन्जनात्मक तथा सांगीतिक कला प्रस्तुत गरेका थिए ।

महोत्सव माघ ७ गतेदेखि आज माघ १८ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ