sujim bazar advert

एमालेद्वारा जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन

डबली खबर     पुस २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

binda dhungana 4177 members committee
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ पुस, नुवाकोट । नेकपा एमाले जिल्ला कमिटी नुवाकोटको छैठौ पूर्ण बैठक सम्पन्न भएको छ।

सोमबार विदुरमा बसेको बैठकले पार्टी र उम्मेदवारहरूको पक्षमा जनलहर सिर्जना गर्दै जनमत सङ्कलनको लागि केन्द्रीय कमिटीका सदस्य बिन्दा ढुङ्गानाको संयोजकत्वमा ४ हजार १ सय ७७ जना सदस्यहरुको जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष बद्री मैनाली र निर्वाचन निर्वाचन क्षेत्र नम्बर २ को लागि केन्द्रीय सदस्य केशवराज पाण्डेलाई क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भई आएकोलाई अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी पार्टीमा मनोनित जिल्ला कमिटीका थप २१ सदस्यहरूलाई सपथ गराईएको पार्टीका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्नको लागि व्यापक रूपमा जनपरिचालन गर्न र पार्टीको नीति तथा कार्यक्रमहरूलाई जनतासँग पुर्याउनको पालिकागत तथा वडागत कार्यक्रम तय गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top