+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एमाले नुवाकोटबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस

badri mainali and keshav pandey cpnuml nuwakot
डबली खबर
४ महिना अगाडी

२० पुस, विदुर । नेकपा एमाले नुवाकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संघीय निर्वाचन समन्वय समितिका अलग–अलग बैठकमार्फत उम्मेदवार सिफारिस गरेको छ।

पार्टीका सचिव शिवकुमार चित्रकारकाअनुसार नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष बद्रि मैनालीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। त्यस्तै, क्षेत्र नं. २ बाट केशवराज पाण्डेलाई एकल उम्मेदवार सिफारिस गरिएको हो।

संघीय निर्वाचन समन्वय समिति क्षेत्र नं १ र २ का छुट्टाछुट्टै बैठकले दुवै उम्मेदवारलाई सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ।

बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, चुनावी रणनीति तथा मतदातासम्म प्रभावकारी ढंगले पुग्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

नेकपा एमाले नुवाकोटले सिफारिस गरिएका उम्मेदवारमार्फत जिल्लामा बलियो उपस्थिति जनाउँदै निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी तीव्र बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ