sujim bazar advert

दुई उद्यमी उत्कृष्ट १४ मा

डबली खबर     मंसिर ४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

kakani strawberry Nuwa Deurali Tea Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

४ मङ्सिर, विदुर । बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत नुवाकोट जिल्लाका दुई उद्यमी छनौटमा परेका छन् ।

प्रदेशको आर्थिक विकासमा पुर्याएको योगदान दिएका म्यागङ गाउँपालिका-३, देउरालीमा रहेको चिया कृषि फर्मका प्रोप्राइटर सेल्कर तामाङलाई सर्वोत्कृष्ट उद्यमीको रूपमा छनोट भएका छन् । उनको नवप्रवर्तन र उद्यमशीलतालाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको हो।

त्यसैगरी, ककनी गाउँपालिका-२, हिलेभित्तामा रहेको नमुन्चेत कृषि फर्मकी प्रोप्राइटर कान्छीमाया तामाङलाई उत्कृष्ट उद्यमीको रूपमा सम्मान गरिएको छ। उनले कृषि क्षेत्रमा पुर्याएको योगदानको प्रशंसनीय गर्दै छनौटमा पर्न सफल भएको छ।

मन्त्रालयले स्थानीयस्तरमा उद्यमशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।

उत्कृष्टमा परेका उद्यमीहरुलाई उद्योग दिवस २०८२ को समारोहमा सम्मान गरिने जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top