३ मङ्सिर, नुवाकोट । उमेर १४ वर्ष मुनिका छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधी अर्किड एकेडेमी नुवाकोटले जितेको छ ।
नुवाकोट जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामाको फाइनलमा छात्र तथा छात्रा दुवै फाइनल खेलमा अर्किड विजयी बनेको हो ।
मङ्गलबार भएको छात्रातर्फ अर्किडले चन्द्रज्योति माध्यमिक विद्यालयलाई १-० गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

यसैगरी, छात्रतर्फको फाइनलमा अर्किडले रणभुवनेश्वरी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयमा दुवै विद्यालयले समान २/२ गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अर्किडका सन्जित कुमाल म्यान अफ दि म्याच घोषित भए ।
यस्तै, अर्किडकै सन्जोग कुमाल उत्कृष्ट खेलाडी घोषित भए।
रणभुवनेश्वरीका विजय माझी उदियमान खेलाडी र महेन्द्र माविका विवेक तामाङ सर्वाधिक गोलकर्ताको उपाधी प्राप्त गरे। रणभुवनेश्वरीकै सिरिस माझी उत्कृष्ट गोलरक्षकको उपाधी प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
कत्तिक २१ गतेदखि मङ्सिर २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १६ संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि कुल २० समुहले सहभागिता जनाएको छ ।



















प्रतिक्रिया