२४ असोज, नुवाकोट । जेन–जी आन्दोलनका कारण रोकिएको सेभेन ए साईड छैठौं देउराली अर्चले कप खुला फुटबल प्रतियोगिताको यहि असोज ३० गतेदेखि हुने भएको छ ।
कञ्चना देउराली युवा क्लबद्वारा आयोजना हुन लागेको प्रतियोगिताको बुधबार पुन: तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता संयोजक प्रशन्न थिङ्गका अनुसार प्रतियोगिता असोज ३० देखि कात्तिक ४ गतेसम्म आयोजना हुनेछ ।
बेलकोटगढी नगरपालिका वडा नं ६ मा रहेको उक्त क्लबको आयोजनामा अर्चले खेलकुद मैदानमा हुनेछ ।

प्रतिक्रिया