+
Search

ताजा अपडेट +

पपुलर +

छैठौँ देउराली अर्चले कप खुला फुटबल प्रतियोगिता हुने

kanchana open football press meet
डबली खबर
८ महिना अगाडी

१४ भदौ, नुवाकोट । कञ्चना देउराली युवा क्लबले खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बेलकोटगढी वडा नं ६ देउरालीमा स्थापित क्लबले यस वर्षको दशैंको अवसर पारेर आगामी असोज ९ गतेदेखि १३ गतेसम्म सेभेन ‘ए’ साईड छैठौँ देउराली अर्चले कप खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

शनिबार (आज) बट्टारमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रसङ्ग थिङ्गले प्रतियोगितामा विजेताले नगद एक लाख र यस्तै उपविजेताले ५० हजार नगदसहित, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।

सेमिफाइनमा पुग्ने टोलीलाई ११/११ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रतियोगितामा सहभागीता जनाउन भाद्र १४ गतेदेखि असोज ७ गतेसम्म दर्ता गरि सक्नुपर्नेछ। दर्ता शुल्क रु १० हजार तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ