+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको भैरवीमा नयाँ कुमारी पदस्थापन

living god Kumari Nuwakot
डबली खबर
७ महिना अगाडी

६ असोज, नुवाकोट । ऐतिहासिक भैरवी मन्दिरमा १५० वर्ष पुरानो कुमारी परम्परालाई जीवन्त राख्दै ६ वर्षीया छात्रा प्रार्थी डंगोललाई नयाँ कुमारी देवीको रूपमा पदस्थापन गरिएको छ।

नवरात्रको साइतमा विशेष पूजाआजा गरी विदुर नगरपालिका–२ स्थित टाकुरोको भैरवी मन्दिरमा परम्परागत विधिअनुसार कुमारी स्थापना गरिएको विदुर नगरपापालिका-२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए ।

पूर्वकुमारी जेनिशा डंगोलको अवधि सकिएपछि प्रार्थीलाई विधिपूर्वक पूजाआजासहित पुजारी हरिमानसिंह डंगोलले कुमारीको रूपमा स्थापित गरेका हुन् ।

उनी दर्शनको लागि असोज ७ गतेदेखि १० गतेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्म शीतलपाटीमा विराजमान रहने छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ