+
Search

ताजा अपडेट +

पपुलर +

पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप

Vaccinate livestock against lumpy skin disease
डबली खबर
८ महिना अगाडी

१० भदौ, विदुर । नुवाकोट र रसुवामा ११ हजार ४४८ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाईएको छ ।

भदौ १ गतेदेखि ७ गतेसम्म भएको साताव्यापी अभियानमा पशुचौपायालाई उक्त खोप लगाइएको पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटका सात हजार ७२४ र रसुवाका तीन हजार ७२४ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाईएको छ ।

खोप अभियानमा ८३ जना भ्याक्सिनेटरलाई खटाईएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ