+
Search

ताजा अपडेट +

पपुलर +

एमाले नेता-कार्यकर्ता रोपाइँमा

डबली खबर
१ साल अगाडी

१५ असार, नुवाकोट । आज राष्ट्रिय धान दिवस मनाईएको छ । नेपालमा हरेक वर्ष असार १५ ‘दही चिउरा’ खाने पर्वका रूपमा समेत मनाइन्छ ।

यसैक्रममा नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ नुवाकोटले लिखु गाउँपालिकाको थानसिङ फाँटमा धान रोपाइँ गरेर मनाएको छ।

रोपाइँमा नेकपा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवराज पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, पार्टी जिल्ला अध्यक्ष बद्री मैनाली लगायत स्थानीयको उपस्थितिमा धान रोपाई गरेको हो ।

विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

आजको दिनलाई विषेश गरि कृषकका लागि हर्षोउल्लासको दिनको रुपमा लिने गरिन्छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ