sujim bazar advert

मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ३ लाई

सुनील श्रेष्ठ     असार ७, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bidur ward 3 cricket team
Big Education Consultancy Nuwakot
global ime bank flash loan

७ असार, नुवाकोट । प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ ।

विदुर नगरपालिका-५ तल्लो पिपलटारस्थित बागमती प्रदेशस्तरीय रंगशालामा भएको फाइनलमा विदुर-३ ले विदुर-४ लाई १०५ रनको अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

शनिबार (आज) भएको फाईनल खेलमा विदुर-३ ले वडा नम्बर ४ लाई हराउँदै उपाधी चुमेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ३ ले वडा नम्बर ४ लाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ४ ले फितलो ब्याटिङ सुरुवात गर्दै ८३ रनमै सिमित भए ।

नुवाकोट क्रिकेट सङ्घ सहआयोजक रहेको प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कारसहित तक्मा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top