+
Search

ताजा अपडेट +

पपुलर +

मेयर कप क्रिकेटको उपाधिका लागि वडा नम्बर ३ र ४ भिड्ने

final game first bidur mayor cup wardwise cricket tournament in Nuwakot
डबली खबर
११ महिना अगाडी

६ असार, नुवाकोट । पिपलटारमा जारी प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताको फाईनल विदुर नगरपालिका वडा नम्बर ३ र ४ उपाधिको लागि भिड्ने भएका छन् ।

विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा विदुर-७ लाई ३ विकेटले पराजित गर्दै विदुर-४ फाइनलको यात्रा तय गरेको हो ।

यसैगरी दोस्रो सेमिफाईनलमा खेलमा विदुर-३ ले विदुर-१ लाई १० विकेटको अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि भोलि शनिबार दिउँसो १ बजेपछि वडा नम्बर ३ र ४ भिड्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ