+
Search

ताजा अपडेट +

पपुलर +

महालेखापरीक्षकको सुझाव: उत्पादनमुखी कर्जा प्रवाह र सुधार

mahalekha-pratibedan-audit
डबली खबर
१२ महिना अगाडी

 २ जेष्ठ, काठमाडौं । महालेखापरीक्षकको ६२औं प्रतिवेदनअनुसार, बैंकिङ प्रणालीले कर्जा प्रवाह त गरिरहेको छ, तर उत्पादनमुखी क्षेत्रतर्फ अपेक्षित लगानी भएको छैन।

२०८१ असार मसान्तसम्म, बैंकिङ प्रणालीमा रहेको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११३.११ प्रतिशत पुगेको छ भने कर्जा प्रवाह ११६.०७ प्रतिशत रहेको देखिन्छ। तर, कुल कर्जा प्रवाहमध्ये कृषि क्षेत्रमा जम्मा १३.१२ प्रतिशत मात्र कर्जा लगानी भएको छ।

अर्थ मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार, वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जामध्ये प्राथमिकता प्राप्त क्षेत्रतर्फ २९.९५ प्रतिशत कर्जा प्रवाह भएको छ। यसमध्ये, गैर–कृषि प्राथमिकता क्षेत्रमा २१.२५ प्रतिशत लगानी भएको छ, जुन कृषि क्षेत्रको तुलनामा दोब्बर बढी हो।

महालेखापरीक्षकको सुझाव अनुसार, बैंक तथा वित्तीय संस्थाहरूलाई आधुनिक सूचना प्रणालीयुक्त बनाउने, पेसागत दक्षता वृद्धि गर्ने, केन्द्रीय बैंकको अनुगमन प्रणाली बलियो बनाउने र बेरुजु तथा उत्पादनहीन कर्जालाई नियन्त्रण गर्दै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउन सरकार गम्भीर बन्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ