नुवाकोट – हरेक वर्ष गाईजात्राको अवसरमा विभिन्न अनौठो जात्रा मनाउने गरिन्छ।
नेवार समुदायले भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाउने गर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
त्यस मध्य, सोमबार नुवाकोटको सदरमुकाम विदुरमा विवाह जात्रा मनाइएको छ। पछिल्लोसमय विदुर र त्रिशूलीका समुदाय मिलेर विवाह जात्रा मनाउन थालिएको विदुर सिटि युथ क्लबका सदस्य तथा विवाह जात्रा संयोजक निरज बस्नेतले जानकारी दिए ।
जात्रामा त्रिशूलीले दुलाहा र विदुरले दुलहीको पक्ष लिएका थिए।
साथै, देवी-देवता, नेता, हाँस्यव्यङ्गत्मक पहिरन र मुखौटामा सजिएका पात्रहरूले सडकमा नृत्य तथा कला प्रस्तुत गरेका थिए ।
जात्रामा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, २ नम्बरका वडा अध्यक्ष दीपक कायस्थ, ४ नम्बरका वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले जात्राको अवलोकन गरेका थिए ।
थप तस्बिर: सुभाष श्रेष्ठ/डबली खबर