नुवाकोट – बेलकोटगढी नगरपालिकाकाले ४८ कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।
नगरपालिकाको १० नम्बर वडा कार्यालय र बक्रेश्ररी कृषि सहकारी संस्थाको साझेदारीमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
आईतबार एक कार्यक्रमकाबीच नगरपालिकाका उपप्रमुख शिव दाहालले कृषहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उपप्रमुख दाहालले अनुदानमा पाएको ट्याक्टरको सदुपयोग गर्दै कृषिको विकास लाग्न पनि कृषकहरुलाई आग्रह गरेका छन् ।
वडा अध्यक्ष प्रल्हाद थपलियाले नगरपालिकाको उक्त ट्याक्टर कृषि सहकारीमार्फत् ५० प्रतिशत अनुदानमा ४८ कृषकलाई प्रदान जानकारी दिए ।

प्रतिक्रिया