नुवाकोट – राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नुवाकोट क्षेत्र नं १ ले लिखु गाउँपालिकाका कृषक रामचन्द्र अगस्तीलाई सम्मान गरेकाे छ ।
संगठनले चौघडाका अगस्तीलाई कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै आफ्नै प्रयासमा विभिन्न कृषि औजार निर्माण गर्दै आएकोमा सम्मान गरिएको राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका केन्द्रीय सदस्य अर्जुन थपलियाले जानकारी दिए ।
२१औं राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्देशन समितिका अध्यक्ष तथा पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनीले खादा लगाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
संगठनका क्षेत्रीय अध्यक्ष मदन पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुले असारे भाकाका घाँसे गीत गाएका थिए ।
अगस्ती वैदेशिक रोजगारबाट नेपाल फर्केर अहिले कृषि क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया