sujim advert

भलिबलमा पञ्चकन्या प्रथम

डबली खबर     बैशाख १२, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

panchakanya win volleyball
bidur tax consultancy services in nuwakot

नुवाकोट – बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पञ्चकन्या गाउँपालिका प्रथम भएको छ ।

म्यागङ गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा दुप्चेश्वरलाई पञ्चकन्याले हाराउँदै उपाधी हासिल गरेको हो ।

प्रतियोगितामा आयोजक म्यागङ गाउँपालिका द्वितीय , दुप्चेश्वर गाउँपालिका तृतीय र नेत्रावती डब्जोङ गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथमले उपाधिसँगै तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २२२ रुपैयाँ र तृतीयले ५० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।

विजेताहरुलाई पूर्वमन्त्री बहादुरसिंह लामा, सांसद रमेशकुमार महत, गाउँपालिका उपाध्यक्ष सीता तामाङले संयुक्तरुपमा पुरस्कार, प्रमाण, मेडल र ट्रफी प्रदान गरे ।

प्रतियोगिता वैशाख ७ गतेदेखि आज १२ गतेसम्म सामरीको जालपादेवी खेलमैदानमा भएको प्रतियोगितामा १० समुहको सहभगिता रहेको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top