sujim bazar advert

आठ स्वर्णसहित ग्रामसेवा मावि प्रथम

डबली खबर     मंसिर ३०, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

myagran rural municipality sixth president running shield nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – म्यागङ गाउँपालिकामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि ग्रामसेवा माध्यमिक विद्यालय उचालेको छ ।

प्रतियोगतामा आठ स्वर्ण, आठ रजत र चार कास्य गरी कुल २० पदक प्राप्त गर्दै प्रथम हुन सफल ग्रामसेवा माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र छ कास्य पदकसहित कुल १९ वटा पदक प्राप्त गर्दै देउराली मावि दोस्रो र चार स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित ९ पदक प्राप्त गर्दै भुमेदेवी माध्यमिक विद्यालय तृतीय भएको थियो ।

गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरे । उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न गाउँपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न पालिका लागिपरेको बताए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top