२०८१, १६ बैशाख आईतवार

भोलिदेखि म्यागङमा राष्ट्रपति रनिङ शिल्ड

डबली खबर     मंसिर २६ २०८० १२:१९

office of myagang rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भोलिदेखि म्यागङ गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ ।

खेललाई व्यवस्थित, मर्यादित, अनुशासित बनाउनको लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार विभिन्न विधागत खेलका लागि व्यवस्थापन उपसमिति र खेलका ९ उपसमिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताए ।

प्रतियोगताको उद्घाटन ग्रामसेवा माध्यमिक विद्यालयमा हुनेछ ।

मङ्सिर २७ गतेदेखि २९ गते प्रतियोगितामा महिला तथा पुरुष विधामा भलिबल, कराते र एथ्लेटिक्सका दौड, रिले, हाइजम्पलगायतका खेलहरु हुने प्रमुख प्रशासकीय अधिकृत रमेश सिङदनले जानकारी दिए । खेलको सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिए ।

प्रतियोगितामा १८ वर्ष उमेरभित्रका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन्।

५ नम्बर वडा सामरीस्थित ग्रामसेवा माध्यमिक विद्यालय र कल्लाबारी खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top