sujim bazar advert

शौर्य मिथिला लोक चित्रकला हुदैं

डबली खबर     कार्तिक २३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

SAURYA CEMENT MITHILA MNEMONIC
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशलाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता“ ल्याएको छ ।

प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिलाहरू सहभागी हुन सक्नेछन् । प्रतियोगिता ३ विभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको QR Code Scan गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी Whatsapp नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्नेछन् । यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र नपामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नुपर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्ने । उनीहरुले बनाएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृतसमेत गरिने कम्पनीले जनाएको छ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई रु. ७५,००० , दोस्रो स्थान प्राप्त गर्नेलाई रु ५०,०००, तेस्रो स्थान प्राप्त गर्नेलाई रु २५,००० का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु ५,००० उपलब्ध गराउने कमपनीको विज्ञप्तिमा छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top