विदुर – नुवाकोटको बट्टारमा संगम तीज विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
आगामी भाद्र २३ गते बट्टारस्थित बाजेको सेकुवामा कार्यक्रम हुने संगम सहकारीले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ।
संगम तीज खाता योजनामा आबद्ध रहेका सदस्यहरुले उक्त कार्यक्रममा सहभागिता लिन सक्ने सहकारीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
योजनामा अन्तर्गत न्यूनतम ५०० मौज्दात, वार्षिक ९ प्रतिशत ब्याजदर पाईने, भाग्यशाली सदस्य सम्मान लगायतका विशेषता रहेको छ ।
प्रतिक्रिया