+
Search

ताजा अपडेट +

पपुलर +

चौतर्फी आलोचनापछि अनुदान रकम फिर्ता

hari bahadur tamang returned money token of bidur municipality
डबली खबर
२ साल अगाडी

नुवाकोट – चौतर्फी आलोचनापछि विदुर नगरपालिकाले वितरण गरिएको अनुदान रकम हरिबहादुर तामाङले फिर्ता गरेका छन् ।

शनिबार तामाङले एक विज्ञप्तिमार्फत् आफु अन्जानमा उक्त अनुदान कार्यक्रम सहभागि भइ ४१ हजार रुपैयाँ रकम बुझेकोमा आज विदुर नगरपालिकाको वैदेशिक रोजगार केन्द्रको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

तामाङले गत स्थानीय निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचनमा रसुवाको कालिका गाउँपालिका-४ बाट वडासदस्यको लागि उम्मेदवारी दिएका थिए । उनले निर्वाचनमा १०० मत प्राप्त गरेका थिए ।

स्थानीय तह निर्वाचन, २०७९ को मतगणनाको परिणाम

गत असार २८ गते विदुर नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका ३३ उद्यमशिल युवाहरुलाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत १३ लाख ५३ हजार रकम अनुदान प्रदान गरेको थियो ।

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागि उद्यमशील प्रवर्द्धन गर्नका लागि नगरप्रमुख राजन श्रेष्ठले नगरका ३३ युवाहरुलाई ४१ हजार रुपैयाँको दरले नगद रुपैयाँ अनुदान वितरण गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ