+
Search

ताजा अपडेट +

पपुलर +

वैदेशिक रोजगारबाट फर्केका ३३ जनालाई विदुर नगरको “मनि टोकन”

bidur municipality distributed money token to youth
डबली खबर
२ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका ३३ उद्यमशिल युवाहरुलाई पुनः एकीकरणसम्बन्धी कार्यक्रम अन्तर्गत १३ लाख ५३ हजार रकम अनुदान प्रदान गरेको छ ।

बिहिबार वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागि उद्यमशील प्रवर्द्धन गर्नका लागि नगरप्रमुख राजन श्रेष्ठले नगर उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्षहरुको उपस्थितिमा नगरका ३३ युवाहरुलाई ४१ हजार रुपैयाँको दरले नगद रुपैयाँ अनुदान वितरण गरेका छन् ।

वैदेशिक रोजगारबाट फर्केकाहरुको कार्य क्षमतालाई भित्र्याएर स्वदेशमा दक्ष बनाएर रोजगारीको सिर्जना गरी व्यवसायिक बनाउन मनि टोकन वितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ कार्यान्वयन अनुरुप गत पुषमा नगरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सुचिकृत गर्न सूचना जारी गरेको थियो ।

सोहीअनुसार सूचनाको आधारमा १२० जनाले सुचिकृत फाराम भरेका थिए । माग फाराम भरेका मध्येबाट आवश्यक प्रक्रिया पुरा गरी वैदेशिक रोजगार बोर्डबाट प्राप्त अनुदान उक्त व्यक्तिहरुलाई प्रदान गरिएको नगरको रोजगार केन्द्रका प्रमुख बिष्णु राजभण्डारीले जानकारी दिए ।

विदेशबाट फर्केकाहरूको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

पुुनः एकीकरण निर्देशिकामा कार्यक्रम सञ्चालनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि सङ्घ, प्रदेश तथा स्थानीय पालिका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

आवश्यकताको आधारमा सिपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगर लक्ष्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ